Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरका मेयर सिंहकाे निर्देशनमा सडककाे अतिक्रमण हटाइयो

वीरगन्ज,२६बैशाख:वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा सडक विस्तारका लागि वर्षाैदेखिकाे अतिक्रमण हटाइएको छ।परवानीपुर चाेकदेखि पश्चिम पटेलनगरसम्मकाे सडककाे अतिक्रमण शुक्रबार हटाइएको हाे।

उक्त सडककाे विस्तार र स्तराेन्नत्तीका लागि आर्थिक वर्ष २०७५/०७६ मै पप्पु कन्स्ट्रक्सन र स्वच्छन्द निर्माण सेवा कम्पनीले ज्वाइन्ट भेन्चरमा ठेक्का सकारेर काम सुरु गरेका थिए ।तर केही व्याक्तिले सडकमा गरेकाे अतिक्रमण नहटाएका कारण उक्त सडकको विस्तार कार्य बीचमै राेकिएकाे थियाे ।

 

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहकाे निर्देशनमा शुक्रबार महानगरपालिकाकाे भाैतिक अतिक्रमण नियन्त्रण समितिले सडक अतिक्रमण गरेर रामनारायण साह, प्रभु महतो, राजाराम यादव, राजेश महतो लगायत केही व्यक्तिहरुले सडकको सरकारी जग्गामा बनाएका टहरा र संरचनाहरू हटाएको हो।

स्थानीयबासीलाई आवत जावतमा परिरहेको समस्यालाई ध्यानमा राखेर मेयर सिंहले समस्या समाधानका लागि निर्देशन दिएपछि शुक्रबार समितिका सल्लाहकार हरि पोखरेलको नेतृत्वमा अमिनसहितको टोली अतिक्रमण हटाउन खटिएको थियो।

सडक अतिक्रमण हटाउन खटिएको टाेलीमा वडाध्यक्ष राधाकृष्ण रौनियार, मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि प्रसाद भुसाल लगायतकाकाेपनि सहभागिता थियो।

Related posts

निजी विद्यालयको स्तर वर्गीकरण तथा शुल्क निर्धारण नगर्न महानगरलाई अदालतबाट उत्प्रेषण आदेश जारी

MadhesKhabar

वीरगन्जका नाम चलेकै होटल र ब्रियानी हाउसका किचेन फोहोर र अव्यस्थित

MadhesKhabar

चुनावी घरदैलोमा काँग्रेस उम्मेदवार चौरसिया र पटेललाई भव्य स्वागत

MadhesKhabar

Leave a Comment