Madhes Khabar
राजनीति

रिहा भए रेशम चौधरी

फाइल फोटो ।

काठमाडौं,१७बैशाखःनागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक अध्यक्ष रेशम चौधरी रिहा भएका छन् ।बुधबार दिउँसो काठमाडौंको प्रज्ञा भवनको सभाहलमा सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थलबाटै उनलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेर लगेका थिए ।

पक्राउ परेको साढे ४ घण्टापछि चौधरी रिहा भएका हुन् । उनलाई लिन पत्नी रन्जिता श्रेष्ठ डिल्लीबजारको कारागारमा पुगेकी थिइन् । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेता कार्यकर्ताहरुले रिहा भएका चौधरीलाई भव्य स्वागत गरेका थिए ।

यसअघि बुधबार सदउँसो सर्वोच्च अदालतबाट रेशम चौधरीलाई पक्राउ गर्न पत्र जारी भएको थियो । सोही पत्रको आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरी कारागार कार्यालय डिल्लीबजार पठाएको थियो ।तर, चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पठाएको पत्र आधिकारीक नभएको सर्वाेच्चले बताएपछि उनी रिहा भएका हुन् ।

२०७२ भदौमा भएको टीकापुर नरसंहारको आरोपमा चौधरीले जन्मकैदको सजाय पाएका थिए । उनलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले २०८० सालको गणतन्त्र दिवसका दिन आममाफी दिएका थिए । त्यसपछि उनी जेठ १५ मा डिल्लीबजार कारागारबाट रिहा भएका थिए । संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार उनी रिहा भएका थिए ।

५ वर्ष ३ महिनाको जेल सजाय भुक्तान गरेपछि उनी रिहा भएका थिए । तर, उनको रिहाईको भोलिपल्टै टीकापुर घटनासँग सम्बन्धित पीडित शारदा कडायतले उनका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । निवेदक कडायत उक्त घटनामा मारिएका
प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन् । उक्त रिटउपर सुनुवाइ सकिएको छैन ।

Related posts

प्रभु साहको हठका कारण गौर हत्याकाण्ड भएको जसपाको दाबी

MadhesKhabar

जसपाले टिकट नदिएपछि शहिद पत्नि विनिताद्धारा वडा अध्यक्षमा उम्मेदवारी

MadhesKhabar

पर्सामा राई नेतृत्वको जसपाको जिल्ला कार्यसमिति विस्तार

MadhesKhabar

Leave a Comment