वीरगन्ज,२०चैतः ६८औं सहकारी दिवसको अवसरमा कोअपरेटिभ म्यानेजर क्लब पर्साले वीरगन्जको नारायणी अस्पताल र बाल आश्रममा फलफुल वितरण गरेको छ ।
बुधबार क्लबका अध्यक्ष रविभूषण श्रीवास्तवको नेतृत्वको टोलीले् नारायणी अस्पतालमा रहेका बिरामीहरु र बाल आश्रममा रहेका बालकहरुलाई फलफुल वितरण गरेको हो ।
त्यसअवसरमा क्लबका निवर्तमान अध्यक्ष चन्देश्वर प्रसाद चौरसिया, संस्थापक अध्यक्ष जिष्णु बराल, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर चुमनलाल दास, श्रुति शाह, क्लबका उपाध्यक्ष रामबाबु चौधरी, महासचिव दीपक चौधरी, सचिव प्रदीप कुमार लोहार, राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख संजय कुमार महतो लगायतकाको सहभागिता थियो ।

