Madhes Khabar
समाचार

बाराको हरपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ चालकको मृत्यु

सांकेतिक तस्बिर ।

बारा,२४माघःबारामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलिया गाँउका ३१ बर्षीय विजय महत्तो रहेका छन् ।

प्रहरीका अनुसार,बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुर पुल नजिकै ना ३ त ८४१९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको ना ६५ प ५५०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महत्तो गम्भीर घाइते भएका थिए । घाइते महत्तोको वीरगन्जको नेपाल मेडीसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश साापकोटाले जानकारी दिए ।

उनका अनुसार, दुर्घटनापछि ट्याक्टरका चालक फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको छ ।

 

Related posts

पर्सामा काँग्रेसका ४ , एमालेका ३ र जसपाका १ वडा अध्यक्ष विजयी

MadhesKhabar

पर्सा :जग्गा विवादमा भाईमाथि बन्दुक ताकेर हान्न खाेज्ने दाई हतियारसहित पक्राउ 

MadhesKhabar

पर्साको भतौडाबाट एक ट्याक्टर सालको काठ बरामद

MadhesKhabar

Leave a Comment