Madhes Khabar
समाचार

बाराको हरपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ चालकको मृत्यु

सांकेतिक तस्बिर ।

बारा,२४माघःबारामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १६ मझौलिया गाँउका ३१ बर्षीय विजय महत्तो रहेका छन् ।

प्रहरीका अनुसार,बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुर पुल नजिकै ना ३ त ८४१९ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको ना ६५ प ५५०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महत्तो गम्भीर घाइते भएका थिए । घाइते महत्तोको वीरगन्जको नेपाल मेडीसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश साापकोटाले जानकारी दिए ।

उनका अनुसार, दुर्घटनापछि ट्याक्टरका चालक फरार रहेको र प्रहरीले उनको खोजी गरिरहेको छ ।

 

Related posts

पर्साको विश्रामपुरबाट ६ पोका गाँजा बरामद

MadhesKhabar

विभिन्न वडाका दुई दर्जन युवाहरु जनमत पार्टीमा प्रवेश ,नेता सरार्फद्वारा स्वागत

MadhesKhabar

बाराको पचरौताका नगरपालिकाका तत्कालिन निमित्त प्रमुखसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

Leave a Comment