Madhes Khabar
राजनीति

भ्रष्टाचारविरुद्ध आजपाले वीरगन्जमा खबरदारी सभा गर्ने

वीरगन्ज,१८पुस:आम जनता पार्टी(आजपा)ले भ्रष्टाचारविरुद्ध वीरगन्जमा खबरदारी सभा गर्ने भएको छ।वीरगन्जमा बिहीबार पत्रकार सम्मेलन गरेर आजपाका नेताहरुले यसबारे जानकारी दिएका हुन्।

वीरगन्जलाई आर्थिक राजधानी घाेषणा गर्नुपर्ने संकल्पसहित भ्रष्टाचारविरुद्ध वीरगन्जमा पुस २७ गते खबरदारी सभा गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा आजपाका मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाले जानकारी दिए।उनका अनुसार खबरदारी सभालाई आजपाका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह लगायतका पार्टीका शीर्ष नेताहरुले सम्बाेधन गर्नेछन् ।

आजपाका पर्सा जिल्ला ईन्चार्ज लखिन्द्र साहकाे अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आजपाका केन्द्रीय बरिस्ठ उपाध्यक्ष उपेन्द्र साह,महासचिव अमर साह,मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहा लगायतकाे सहभागिता थियाे।

Related posts

महिला संघकी संस्थापक स्व. मंगलादेवीकाे स्मृति दिवस वीरगन्जमापनि मनाइयाे

MadhesKhabar

कांग्रेस नेता काेइराला भन्छन् : संघीयता नै खारेज गर्नुपर्छ !

MadhesKhabar

आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई जनमत पार्टीको निर्देशन

MadhesKhabar

Leave a Comment