Madhes Khabar
राजनीति

कांग्रेस नेता काेइराला भन्छन् : संघीयता नै खारेज गर्नुपर्छ !

फाइल फोटो

काठमाडौं,१०पुस: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधानमा उल्लेख भए अनुसार प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघीयता नै खारेज गर्नुपर्ने बताएका छन्। मंगलबार मोरङको बुढीगंगा गाउँपालिका वडा नंबर २ स्थित लिलाभक्त राम आधारभूत विद्यालय भवनको उद्घाटन गर्दै वरिष्ठ नेता कोइरालाले यस्तो बताएका हुन्।

उनले राजनैतिक दलका नेताहरुको अकर्मण्यताका कारण अहिले गणतन्त्र, संघियता र धर्म निरपेक्षता बारे जनताले आक्रोश व्यक्त गरिरहेको उल्लेख गरे । नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र सुशासन दिन नसकिएकोले जनतामा निराशा छाएको समेत बताए ।

नेता कोइरालाले उद्योगहरु बन्द हुने अवस्थामा पुगिरहेको बेला विद्युतको बक्यौताका नाममा चलिरहेको उद्योग बन्द गराउने सरकारको नीति गलत भएकाले डेडिकेटेड र ट्रंक लाइन विवादबारे छिटो निक्र्र्यौलमा पुग्न आग्रह गरे।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

जेनजीको नयाँ दल खोल्ने घोषणा गरेका मिराज ढुंगानाले भने : हाम्रो बटमलाइन पूरा नगरेसम्म चुनावमा भाग लिँदैनौँ

MadhesKhabar

नवनियुक्त तीन मन्त्रीले गरे पदभार ग्रहण

MadhesKhabar

पर्सावासीको शीर कहिल्यै पनि झुक्न दिएको छैन : प्रदीप यादव

MadhesKhabar

Leave a Comment