Madhes Khabar
राजनीति

कांग्रेस नेता काेइराला भन्छन् : संघीयता नै खारेज गर्नुपर्छ !

फाइल फोटो

काठमाडौं,१०पुस: नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधानमा उल्लेख भए अनुसार प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघीयता नै खारेज गर्नुपर्ने बताएका छन्। मंगलबार मोरङको बुढीगंगा गाउँपालिका वडा नंबर २ स्थित लिलाभक्त राम आधारभूत विद्यालय भवनको उद्घाटन गर्दै वरिष्ठ नेता कोइरालाले यस्तो बताएका हुन्।

उनले राजनैतिक दलका नेताहरुको अकर्मण्यताका कारण अहिले गणतन्त्र, संघियता र धर्म निरपेक्षता बारे जनताले आक्रोश व्यक्त गरिरहेको उल्लेख गरे । नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र सुशासन दिन नसकिएकोले जनतामा निराशा छाएको समेत बताए ।

नेता कोइरालाले उद्योगहरु बन्द हुने अवस्थामा पुगिरहेको बेला विद्युतको बक्यौताका नाममा चलिरहेको उद्योग बन्द गराउने सरकारको नीति गलत भएकाले डेडिकेटेड र ट्रंक लाइन विवादबारे छिटो निक्र्र्यौलमा पुग्न आग्रह गरे।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईंले भेटे

MadhesKhabar

मधेसी सहिदकाे सम्मानमा लाेसपालेपनि वीरगन्जमा मनायाे बलिदानी दिवस

MadhesKhabar

न्यायाधीशलाई ‘झोले’ भनेपछि पूर्वमन्त्री प्रभु साहविरुद्ध अवहेलना मुद्दा दायर

MadhesKhabar

Leave a Comment