Madhes Khabar
राजनीति

किसान श्रेष्ठकाे घर जलाउने धम्की नदिएकाे जेनजी अगुवा सुदन गुरुङको दाबी

वीरगन्ज,६मंसिर:जेनजी अगुवा सुदन गुरुङले पनि आफू किसान श्रेष्ठको घर गएको स्वीकारेपनि धम्की दिएकाे कुरा झुठाे भएको दाबी गरेका छन् ।

पूर्वमन्त्री एंव बारा-४ का पूर्वसांसद किसान श्रेष्ठले बाराकाे ओैराहास्थित आफ्नाे घरमा शनिबार केही युवासंगै छिरेका कथित जेनजी सुदन गुरुङले जेनजी आन्दोलनमा जलाइएको घर फेरि जलाई दिने भन्दै धम्की दिएकाे आराेप लगाएका थिए।

उक्त आराेपकाे खण्डन गर्दै गुरुङले भने, ‘मसहित बारा जेनजी संयोजक सम्राट उपाध्यायलगायतको टोली श्रेष्ठसँग छलफल गर्न गएको हो। तर, श्रेष्ठ घरमा नभएको थाहा पाएपछि कस्तो घर रहेछ भनेर मात्र हेरेर फर्किएका हौँ। हामीले कसैलाई धम्क्याउने कुनै कार्य गरेको छैन ।’

एमाले निकट व्याक्तिहरुले पटक–पटक जेनजी युवाहरुलाई धाकधम्की दिँदै आएको भन्दै उनले यही विषयमा छलफल गर्ने उद्देश्यले आफूहरू श्रेष्ठको घरमा पुगेकाे बताए ।तर कसैलाई धम्की भने नदिएकाे उनकाे जिकिर छ।

Related posts

उपेन्द्र यादवलाई झट्का : जसपा नेपालका केन्द्रीय सदस्यले छाडे पार्टी

MadhesKhabar

माओवादी स्थिरतामा बस्ने जात नै होइन : प्रधानमन्त्री प्रचण्ड

MadhesKhabar

जसपाका नयाँ मन्त्रीहरुको सुचीमा सांंसद प्रदीप यादव पनि

MadhesKhabar

Leave a Comment