Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा :आँखा शिविरमा आएका सिंगापुरका डाक्टरहरुलाई कुटपिट गर्ने वीरगन्जका ६ जना पक्राउ

फाइल तस्बिर ।

वीरगन्ज,१६पुसःपर्सामा आँखा शिविर गर्न काठमाडौं र सिंगापुरबाट आएका चिकित्कस र स्वास्थ्यकर्मीहरुलाई कुटपिट गरेको आरोपमा प्रहरीले ६ जना युवालाई पक्राउ गरेको छ ।

पर्सागढी नगरपालिका–४ बर्वाछटैलीमा नगरपालिकाले आयोजना गरेको तीन निःशुल्क आँखा शिविरमा शल्यकृया गर्न काठमाडौंको तिलगंगा अस्पताल र सिंइंग होप नामक संस्थाबाट चिकित्सकहरुको टोली आएको थियो । उक्त टोली पर्सागढी नगरपालिका–३ झबराहास्थित इन्दु रिसोर्टमा बास बसेको थियो ।

गत शनिबार राति रिसोर्टमा बास बसेकै बेला वीरगन्जबाट रमाइलो गर्न रिसोर्टमा गएका युवाहरूले मध्यरातमा चर्को ध्वनीमा गीत बजाएर नाचगान गरेपछि रिसोर्टमै बास बसेका चिकित्सक र स्वास्थ्यकर्मीहरूले कम ध्वनीमा गीत बजाउन आग्रह गर्दा मदिरा सेवन गरेका ती युवाहरूले उनिहरुलाई गालीगलौज र कुटपिट गरेका थिए ।

उनिहरुको कुटपिटबाट सिंगापुरका चिकित्सक ३५ वर्षीय वाङ स्टिनको खुट्टामा र काठमाडौंका चिकित्सक ३६ वर्षीय नवीन सापकोटाको आँखा र गालामा चोट लागेको थियो ।पिडितहरुले गरेको उजुरीपश्चात उक्त घटनामा संलग्न वीरगन्ज महानगरपालिका–१० का २४ वर्षीय अभिषेक गुप्ता, २७ वर्षीय सार्थक सर्राफ, २४ वर्षीय रोहित साह, २७ वर्षीय विजय रञ्जन, २९ वर्षीय सुमन श्रीवास्तव र २४ वर्षीय विधान कर्णलाई प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको हिरासतमा राखेर अभद्र व्यवहारसम्बन्धि कसूरमा मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको लम्म्सालले जानकारी दिए ।

Related posts

प्रचण्ड सरकारविरुद्ध वीरगन्जमा रास्वपाकाे प्रदर्शन

MadhesKhabar

ठाकुरराम क्याम्पसमा नेविसंघले किन टुंगो लगाउन सकेन उम्मेदवार ?

MadhesKhabar

मधेस विरोधी एमाले र जसपासंग चुनावमा मधेसी जनताले जवाफ माग्नु पर्छ : रमेश रिजाल

MadhesKhabar

Leave a Comment