Madhes Khabar
धर्म/संस्कृति

जनकपुरमा मांसमदिरा बेच्नेलाई कारबाही गर्ने मुख्यमन्त्री सिंहको चेतावनी

जनकपुर,१६पुसःमधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन, बिक्री र उपभोग निषेधसम्बन्धी प्रावधान पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

मंगलबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँगको भेटमा मुख्यमन्त्री सिंहले जनकपुरधामको धार्मिक,सांस्कृतिक परम्परा र गरिमालाई अक्षुण्ण राख्न मांसमदिराको उत्पादन, बिक्री र उपभोग नगर्न जनकपुरवासीलाई आह्वान गरे । जनकपुरधामवासीलाई परिक्रमा सडकभित्र निषेधित व्यवहार नगर्न अनुरोध गर्दै मुख्यमन्त्री सिंहले मांसमदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सम्बद्ध निकायलाई निर्देशनपनि दिए । नियम पालना नगरे कारबाहीको दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिए ।
उनले जनकपुरधामको परिक्रमा सडकभित्रका ठाउँ धार्मिक तथा साँस्कृतिक अनुष्ठानको गौरवपूर्ण अतीतसमेत रहेको बताउँदै त्यस क्षेत्रमा मांसमदिरा निषेधसम्बन्धी व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसंगै अन्य सरोकारवालासँग समन्वय गरिरहेको जानकारीपनि गराए ।

‘जनकपुरधामको परिक्रमा सडकभित्र मांसमदिराको उत्पादन तथा बिक्रीवितरण गर्न सरकारी निकायले अझै इजाजत दिँदैनन् । तर, इजाजतबिना नै मांसमदिराको किनबेच र उपभोग भइरहेको छ । यो दुर्भाग्यपूर्ण छ,’ मुख्यमन्त्री सिंहले भने, ‘कुनै पनि समाजका परम्परा र कानुनको पालना गर्ने दायित्व अमुक समुदायको हुन्छ । त्यसैले परिक्रमा सडकभित्र मांसमदिरा निषेध कार्यान्वयनमा स्थानीयको अग्रसरता जरुरी छ ।’

Related posts

अशोकवाटीकाको शीवपार्वती मठमा वडाध्यक्ष कानुले दिए साउण्ड सिस्टम

MadhesKhabar

श्रीराम उत्सव अयोध्यामा, उल्लास वीरगन्जमा

MadhesKhabar

बाराको नकटुवामा रहेको शीव मन्दिरमा कस्ले गर्यो तोडफोड ?

MadhesKhabar

Leave a Comment