Madhes Khabar
स्थानिय हेडलाइन

पर्साको छिपहरमाई गाँउपालिकामा व्यापक भ्रष्टचार भएको भन्दै स्थानीय युवाहरुले दिए धर्ना

वीरगन्ज,१४ पुसःपर्साको छिपहरमाई गाँउपालिका कार्यालय अगाडि स्थानीयबासीको एक समुहले आइतबार धर्ना दिएका छन् ।स्थानीय सन्दीप गुप्ता नेतृत्वमा रहेको समुहले आइतबार गाँउपालिका कार्यालय अगाडि नाराबाजी गर्दै दुई घण्टा धर्ना दिएका हुन् ।

गाँउपालिका कार्यालयमा जनप्रतिनिधी र कर्मचारीको मिलोमतोमा व्यापक आर्थिक अनियमितता र भ्रष्टचार भइरहेको भन्दै त्यसैको विरुद्धमा धर्ना दिइएको गुप्ताले बताए । गाँउपालिका कार्यालयमा सरकारी बजेटको दुरुपयोग गरिएको , त्यसको हिसाबकिताब सार्वजनिक गर्न सूचनाको हक प्रयोग गरेर पटक पटक माग गर्र्दापनि कुनै सुनुवाई नभएपछि आइतबारदेखि गाँउपालिका कार्यालयकै अगाडि धर्नामा बसेको गुप्ताले बताए ।

गाँउपालिका कार्यालयमा बाँडिएको कन्यादान राशीको पूर्ण विवरण,सौर्य सिंचाईका लागि किसानका खेतमा जडान गरिएको सोलार प्यानल , ईन्धन वितरण , पाििलकाले खरिद गरेका सवारीको विवरण लगायतका विवरण सार्वजनिक गर्नुपर्ने २६ बुँदे मागसहितको ज्ञापनपत्र गाँउपालिका कार्यालयमा बुझाएको तर गाँउपालिका कार्यालयबाट कुनै सुनुवाई नभएको धर्नामा सहभागी स्थानीय धर्मेन्द्र प्रसाद यादवले बताए ।

एक हप्ता पहिलेपनि ७ दिनको अल्टिमेटमसहित गाँउपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउँदापनि पालिका कार्यालयबाट कुनै वास्ता नगरिएपछि आइतबारदेखि धर्ना दिइएको उनले बताए । उनले भने,‘मैले स्वंयपनि सूचनाको हक प्रयोग गरेर गाँउपालिका कार्यालयमा निवेदन दर्ता गराएको थिए । तर सूचना उपलब्ध गराउनका सट्टा ममाथि हातपातको प्रयास पनि गरियो ।अब अत्ति नै भएपछि हामी सचेत नागरिकहरु मिलेर धर्नामा बसेका हौं ।’

उनले आँफुहरुले मागेको सूचना उपलब्ध गराएर रार्वजनिक नगरिएसम्म गाँउपालिका कार्यालयमा दैनिक दुई घण्टा धर्नामा बस्ने उनले बताए ।

Related posts

पटेर्वा सुगौलीमा विकासनिर्माणसंगै समाज सशक्तिकरणपनि प्राथमिकतामा राखेको छु : अध्यक्ष चौधरी

MadhesKhabar

विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका २ खेलाडीलाई माेटरसाइकल दिने मेयर सिंहको घोषणा

MadhesKhabar

मतदातालाई चौरसिया र कुर्मीको अपिल : जनताको पीर मर्का बुझ्ने नेता चुन्नु होला

MadhesKhabar

Leave a Comment