
बीरगंज १५ मंसिर
मधेसखबर
विगतको वर्ष झैं यसवर्ष पनि “प्रेम सबैलाई गरौं घृणा कसैलाई नगरौ” को मूल नाराको साथ दुई दिने सम्म ९ औं वार्षिक जलसा सालाना समारोह पर्साको विन्दवासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भाट्ठामा स्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालयको प्राङ्गनमा अहमद संघ नेपालका अध्यक्ष मोइन अहमदको अध्यक्षतामा जलासा सालाना शनिवार सम्पन्न भएको छ ।

उक्त समारोहमा नेपालको विभिन्न जिल्लाहरुबाट अहमदिया समाज का सदस्यहरु लगायत संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । साथै उक्त क्षेत्रको पुर्व प्रदेश सभा सदस्य प्रह्लाद गिरी , पकहाँ मौनपुर गाउँपालिका का अध्यक्ष सुरेश महतो, जसपा का नेता तवरेज अहमद, धर्मगुरु सिख समाजका हरमिद सिंह,ओम शान्तिका प्रवक्ता कुवेर कुमार, कृश्चचन समाजका प्रेम प्रसाद घिमिरे वडा अध्यक्ष लगायत विभिन्न धार्मिक गुरुहरु, बुद्धिजिवीहरु र समाज सेवीहरुको पनि सहभागिता रहेको थियो ।
ुसमारोहमा आएका जन प्रतिनिधी र धर्मगुरुहरुले अहमदिया संघ नेपालद्वारा विगत २७ वर्षदेखि गरिरहेको मानव सेवा र समाज सेवाका कार्यहरुलाई प्रशंसा गरेका थिए । विश्वमा शान्तिको स्थापनाको लागि अहमदिया समुदायको प्रयास प्रशंसनीय रहेको महम्मद नसिम खानले बताए । यस्ता समारोह मानवता कायम गर्नको लागि आवश्यक रहेकोमा वक्ताहरुले जोड दिएका थिए ।
यसै गरि अहमदिया संघ नेपालले पर्साको विदवासिनी गाँउपालिकामा स्थापित सार्वजनिक शैक्षिक गुट्ठी श्री मसरुर पब्लिक आधारभूत विद्दयालयद्वारा निःशुल्क शिक्षा दिने कार्य अमूल्य समाज सेवा रहेको बताए । उक्त समारोहमा सबै धर्मगुरुहरुले संसारमा मानवता र शान्ति कसरी स्थापित गर्ने कुरा आ–आफ्नो विचार एउटै मन्चबाट साझा गरे ।

“प्रेम सबैलाई गरौं, घृणा कसैलाई नगरौं” भन्ने नाराका साथ आयोजित कार्यक्रम मार्फत सकारात्मक उद्देश्य दिने प्रयास गरीएको अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीले बताए ।
अहमदिया मुस्लिम जमाअत एक विशुद्ध धार्मिक तथा अध्यात्मिक जमाअत हो जसको राजनैतिक कुनै उद्देश्य नरहेको तथा उक्त जमाअत यसवेला विश्वको २१६ वटा देशहरूमा विर्सीएर अलमलमा परेको मानव जातिलाई एक आपसमा प्रेम तथा एकतामा आबद्ध गर्ने कार्यक्रम संचालन गर्दै आएको अध्यक्ष अंसारीले बताए । कार्यक्रमको संचालन अहमदिया संघ नेपालका हासिम अहमदले गरेका थिए ।

