Madhes Khabar
कृषि हेडलाइन

सरकारले ताेक्याे उखुकाे मूल्य,क्वीन्टलमा २० रुपैयाँ वृद्धि

काठमाडौं,१३मंसिर:सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गर्दै प्रति क्वीन्टलमा झन्डै २० रुपैयाँ वृद्धि गरेको हो ।

मन्त्रिपरिषद बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको छ । जस अनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ उखु मिलबाट पाउने छन् ।

सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर, मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

गत वर्षका लागि सरकारले उखुको समर्थन मूल्य प्रति क्वीन्टल ६ सय ३५ रुपैयाँ तोकेको थियो ।जसमा सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।

Related posts

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन पर्साका विद्यार्थी संगठनहरुको माग

MadhesKhabar

वीरगन्जका बाल अधिकारकर्मी शरणलाई अन्तर्राष्ट्रिय अवार्ड

MadhesKhabar

बारामा माछा पालक किसान संघकाे राष्ट्रिय सम्मेलन सम्पन्न: केन्द्रीय अध्यक्षमा उमेश गुप्ता चयन

MadhesKhabar

Leave a Comment