Madhes Khabar
कृषि हेडलाइन

बारामा माछा पालक किसान संघकाे राष्ट्रिय सम्मेलन सम्पन्न: केन्द्रीय अध्यक्षमा उमेश गुप्ता चयन

वीरगन्ज,१२माघ:माछा पालक किसान संघ नेपालकाे केन्द्रीय अध्यक्षमा उमेश गुप्ता चयन भएका छन्।बाराकाे परवानीपुरस्थित राष्ट्रिय कृषि अनुसन्धान केन्द्रमा शनिबार सम्पन्न संघकाे प्रथम राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा गुप्ता सर्वसम्मत चयन भएका हुन्।देशका २३ जिल्लाका माछा पालक किसानहरु सहभागी सम्मेलनले गुप्ताकाे अध्यक्षतामा संघकाे २७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे।
संघकाे केन्द्रीय उपाध्यक्षमा देवानन्द चाैधरी,सचिवमा फागुलाल चाैधरी,काेषाध्यक्षमा शिवहरि आचार्य र उपसचिवमा सुमन श्रेष्ठ चयन भएका छन्।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठको प्रमुख आतिथ्यतामा आयाेजित सम्मेलनलाई एमाले पाेलिटब्युराे सदस्य तथा पूर्वमन्त्री ज्वाला साह,पूर्वमन्त्री पुरुषाेत्तम पाैडेल लगायतलेपनि सम्बाेधन गरेका थिए।
सम्मेलन सम्पन्न भएलगत्तै शनिबार नै बसेकाे संघकाे पहिलाे बैठकले भारतीय माछाकाे आयातका कारणले स्वदेशका माछापालक किसानले उचित बजार र भाउ नपाएकाले भारतीय माछाकाे आयात राेक्नका लागि दबाबमुलक अभियान चलाउने निर्णय गरेकाे अध्यक्ष गुप्ताले जानकारी दिए।साथै बैठकले किसान आयाेगमा संघ दर्ता गराउने निर्णयपनि गरेकाे उनले बताए ।

Related posts

पर्सामा एक महिनामै प्रहरीद्वारा ३ कराेड भन्दा बढी मुल्यकाे तस्करीको सामान बरामद

MadhesKhabar

वीरगन्जकाे बसपार्कमा पार्किङ गरिएको २ वटा बसमा आगलागी,घटना शंकास्पद 

MadhesKhabar

पर्साबाट अपहरणमा परेका साहकाे भारतबाट नेपाल प्रहरीले गर्याे सकुशल उद्धार 

MadhesKhabar

Leave a Comment