Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जकाे बसपार्कमा पार्किङ गरिएको २ वटा बसमा आगलागी,घटना शंकास्पद 

वीरगन्ज,३मंसिर:वीरगन्जकाे नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको छ।

वीरगन्ज-१६ नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा मध्यरातमा आगलागी भएको हो।

आगालगीबाट जम जम ट्राभल्स लेखिएका ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरका बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

मंगलबार राति पाैने १ बजेकाे समयमा दुवै बसामा आगाे लागेपछि प्रहरी र वीरगन्ज महानगरपालिकाको अग्नी नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए ।

बसमा आगलागीको कारण खुल्न नसकेको र यस बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे उनले बताए ।

Related posts

वीरगन्जकाे अठराहाँमा दादुरा राेगकाे प्रकाेप

MadhesKhabar

भीडभाडमा गहना लुट्ने गिरोह वीरगन्जमा पक्राउ, ३७ लाखको सुनचाँदीका गरगहनापनि बरामद

MadhesKhabar

विपी स्मृति दिवसका दिन पर्सामा कांग्रेसले १५ हजार विरुवा रोप्ने

MadhesKhabar

Leave a Comment