वीरगन्ज,१९कार्तिक: पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा आइतबार दुई पक्षबीच झडप हुँदा १० जना घाईते भएका छन् । जग्गाको विषयमा धर्मजित मेहता पक्ष र किशोरी महतो पक्षबीच भएको झडपमा दुवैपक्षका गरी १० जना घाईते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार जग्गाको विषयमा दुवै पक्षबीच विवाद भएर झडप भएको र दुवैतर्फका १० जना घाईते भएका हुन् । धरमजित महतो र किशोरी महतोबीच लामोसमयेखि जग्गाको विवाद रहेको थियो । जग्गाको विवादमा अदालतमा मुद्दा पनि परेको थियो ।
अदालतमा परेको मुद्दामा किशोरी महतो कोइरीको पक्षमा ७ हजार ५१५ वर्गमिटर जग्गा भोग गर्न भने पछि बढी जग्गा भोगचलन गर्न खोज्दा धरमजीत महतो पक्षसंग झडप भएको हो ।
किशोरी महतो पक्षले बढी रहेको जग्गा भोगचलन गर्दा धरमजित महतो पक्षले नाप नक्शा गरेर मात्रै काम गर्नु भन्दा किशोरी महतो पक्षले बल प्रयोग गरी जोत्न खोज्दा झडप भएको हो ।
झडपका क्रममा धर्मजित मेहता , सुशीला देवी , रामवती देवी , रमेश कुशवाहा , महन्थ महतो कोइरी लगायत घाईते भएका हुन् ।

