Madhes Khabar
रोचक दुनियाँ

वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना भएका युवककाे पेटभित्रबाट निकालियाे सीसाकाे बाेत्तल

वीरगन्ज,१कार्तिक:वीरगन्ज-१४ बहुअरीस्थित वीरगन्ज हेल्थकेयर हस्पिटलमा उपचारका लागि भर्ना भएका एकजना युवकको पेटबाट सीसाको बोतल निकालिएको छ । वीरगन्ज–१८ भवानीपुर बस्ने ४० वर्षिय शिवनारायण साहको पेटबाट सीसाको बोतल निकालिएको हो ।

गत असोज १३ गते बिहान उपचारका लागि वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना भएका साहको पेटको एक्स–रे गर्दा सीसाको बोतल देखिएपछि अस्पतालका स्वास्थ्यकर्मीहरू चकित भएका थिए । त्यसको लगत्तै चिकित्सकले तत्काल पेटको शल्यक्रिया गर्दै आन्द्रा काटेर उक्त सीसाको बोतल निकालेका थिए।

करीब दुई हप्ता अस्पतालमा उपचार गराइ साह गत मंगलबार आफ्नो घर फर्किइसकेका छन् । पेटमा सीसाको बोतल कसरी पस्यो भन्ने तथ्यमा अनुसन्धान भइरहेको छ ।

यस सम्बन्धमा पीडित साहसंग कुरा गर्दा उनले पनि पेटमा सीसाको बोतल कसरी पस्यो भन्ने विषयमा आफूलाई केही जानकारी नरहेको बताए ।उनले भने,`असोज १३ गते साँझ साढे ८ बजे मेरो होश खुलेपछि मेरो मलद्वार र पेटमा पीडा भइरहेको थियो, आफ्नो पेटमा सीसाको बोतल रहेको चिकित्सकले बताएपछि आफूलाई यसबारे थाहा भयो तर बोतल पेटमा कसरी पुग्यो मलाई कुनै सम्झना छैन।´

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले साहकाे पेटभित्र बोतल कसरी पस्यो भन्नेबारेमा प्रहरीले पनि अनुसन्धान गरिरहेको बताए ।साभार:प्रतिक

Related posts

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

६ महिना भित्र मानिसकाे दिमागमा कम्प्युटर चिप परिक्षण गर्ने मस्ककाे घाेषणा

MadhesKhabar

कलैयाका मेयर र उपमेयरलाई तौल बराबरको लड्डुले स्वागत

MadhesKhabar

Leave a Comment