Madhes Khabar
रोचक दुनियाँ

मरेको मान्छेलाइ ज्युदो बनाएको भ्रम फैलाउने क्रिश्चियन धर्मका पास्टर पक्राउ

सांकेतिक तस्वीर

मधेसखबर
वीरगन्ज ,०६ भदौं : मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२, बुद्धनगर स्थित होली क्यालभरी चर्चका पास्टर गोतामेले मृत्यु भएको भनिएका व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

 

आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

 

सोमबार बिहान ९ बजे चर्चमा गई उनलाई पक्राउ गरेको केसीले बताए । यद्यपि प्रहरीले उक्त भिडियोबारे सोधपुछ गर्दा पुरानो भिडियो भनिएको जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।

Related posts

सिम्रौनगढमा अनौठौ चुनावी नारा – उपमेयर जिते ५ वर्ष निशुल्क सैलुन सेवा उपलब्ध गराउछु

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

देउवाको ज्योतिषीको सल्लाह : चुनावका लागि उत्तम समय मंसिर ४ गते

MadhesKhabar

Leave a Comment