Madhes Khabar
रोचक दुनियाँ

विवाहअघि लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नुपर्छ : आरजु राणा

फाइल तस्बिर।

काठमाडौं,२६पुषः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन् । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा उनले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्ने हो भने बालबिवाह र जबर्जस्ती विवाह रोकिने दाबी गरिन् ।

‘विवाह दर्ता गर्नु पहिला नै लाइसेन्स लिनुप¥यो । त्यो बेला नागरिकता हुनैप¥यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ । विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ । कति जनाले बुबा आमालाई समेत झुक्याएर विवाह गरिदिएका हुन्छन् । लाइसेन्स लिएर विवाह गर्ने भएपछि सबै तथ्य आवश्यक भयो । यो एउटा एकदमै राम्रो उपाय हुनसक्छ’ उनले भनिन् ।

धेरै देशमा विवाहअघि लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको भन्दै आरजुले विवाहका विषयमा किशोरकिशोरीमा अभिमुखीकरण आवश्यक रहेको पनि बताइन् । ‘पहाडी जिल्लाहरुमा स्कुल लेभलमा नै विवाह गरेकाहरु छन् । उनीहरुलाई कसले अभिमुखिकरण गर्ने ?’ उनले भनिन् ।साभारः अनलाइनखबरबाट

 

Related posts

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

नेपालमा पहिलोपटक ज्वाइँले दिए सासूलाई कलेजो दान

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

Leave a Comment