Madhes Khabar
रोचक दुनियाँ

मुस्ताङमा बाढीले पुरिएको १ करोड ६५ लाख रुपैयाँ भेटियो

मुस्ताङ, ३ भदौं : हिमालपारिको मुस्ताङमा भारी वर्षपछि आएको बाढीले पुरिएको कागवेनी बस्ती खोतल्दा एक करोड ६५ लाख रुपैयाँ फेला परेको छ ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीले दिएको जानकारी अनुसार उद्धारकर्ताले स्काभेटरको सहायतामा पहिरो उत्खनन गर्दा पुरिएको प्रभु बैंक कागवेनी शाखाको ६५ लाखभन्दा बढी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कागवेनी शाखाको एक करोड ५ लाख ३२ हजार ९ सय ६४ रुपैयाँ नगद भेटिएको हो ।

थोरङ्लापास र मुक्तिनाथ क्षेत्रमा परेको अविरल वर्षापछि गत साउन २८ गते साँझ स्थानीय कागखोलामा बाढी आउँदा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, ४ कागबेनी बस्ती पुरिएको थियो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाका अनुसार कागखोलामा आएको बाढीले कागवेनीका २९ वटा घर, ४ नम्बर वडा कार्यालय, इलाका प्रहरी चौकी पूर्ण रुपमा क्षति पुगेको थियो ।

जनशान्ती माध्यामिक विद्यालय भवन, मुक्तिनाथ क्षेत्र शन्त आश्रम धर्मशाला र १३ जना स्थानीयको घरमा आंशिक क्षति पुगेको थियो । त्यस्तै, ९ वटा गोठसहित ३२ वटा गाई, घोडा र खच्चड पुरिएका थिए ।

बाढीको गेग्रान र लेदो बस्तीमा पसेपछि १६ वटा मोटरसाक्षकल, २ वटा जिप, कागवेनीस्थित श्राद्धस्थल, श्रीकृष्ण मन्दिर, जोमसोम–कोरोला सडकको मोटरपुल, तिरी जोड्ने झोपु, ३ वटा काठेपुल र एउटा स्काभेटर पनि पुरिएको थियो । बाढीले पु¥याएको क्षतिको यकिन तथा विस्तृत विवरण संकलन भइरहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ ।

‘बाढीले पुरेको क्षेत्र उत्खनन गर्दा दुईवटा बैंकको नगद फेला परेको छ । बाढीले कति क्षति पु¥याएको छ भन्ने यकिन डाटा संकलन भइरहेकोले राहत वितरण प्रभावित भएको छ,’ प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘पालिकाले क्षतिको यकिन तथ्याङ्क संकलन गर्न सकेको छैन । घर पूर्ण क्षति भएका २९ जनाको नाम पनि प्राप्त नभएकोले प्रदेश सरकारले प्रति परिवार २५ हजारका दरले पठाएको राहत पनि बुझाउन सकेका छैनौं ।’ साभार : ईकान्तिपुरबाट

 

Related posts

मतदाताका घर घरमा मासुको पोका वितरण

MadhesKhabar

वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना भएका युवककाे पेटभित्रबाट निकालियाे सीसाकाे बाेत्तल

MadhesKhabar

अनन्त अम्बानीले बिहेमा लगाएको शेरवानीको मूल्य २१४ करोड भारु

MadhesKhabar

Leave a Comment