Madhes Khabar
अर्थतन्‍त्र

२० रुपैयाँको एक बोतल पानी १०० रुपैयाँमा बेच्दा २ लाख रुपैयाँ जरिवाना

पोखरा,२३असोजःतोकिएको अधिकतम खुद्रा मूल्य २० रुपैयाँको पानीको बोतल १०० रुपैयाँँमा बेचेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा– ६ बैदामस्थित द वर्ल्ड लान हुआ रेस्टुरेन्ट एन्ड बारलाई २ लाख रुपैइाँ जरिवाना गरेको छ ।

पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम उक्त रेस्टुरेन्टलाई कारबाही गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।सोही स्थानका एक ग्राहकले २० रुपैयाँ पर्ने एक बोतल मिनरल वाटर १०० रुपैयाँ तिरेको बिलसहित प्रशासनमा उजुरी दिएका थिए ।

स्थानीय प्रशासनले उक्त रेस्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ । साभारःनयाँपत्रिका

Related posts

गृहमन्त्रीसंग मधेस र लुम्बिनीका सांसदहरुको आग्रह : दैनिक उपभोग्य सामानमा भन्सार छुट गर्नुपर्छ

MadhesKhabar

वीरगन्ज नाका हुँदै सात महिनामा ८ अर्ब ६० कराेडकाे भारतीय धान आयात

MadhesKhabar

देशको अर्थतन्त्र सुधार्न निजी क्षेत्र पनि लाग्नुपर्छ : उद्योगमन्त्री रिजाल

MadhesKhabar

Leave a Comment