Madhes Khabar
अर्थतन्‍त्र

देशको अर्थतन्त्र सुधार्न निजी क्षेत्र पनि लाग्नुपर्छ : उद्योगमन्त्री रिजाल

फाइल फोटो

काठमाडौं,२७ चैत : संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै मन्त्री रिजालले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको पनि रहेको बताए ।

उनले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्ने बताए ।उनले अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरू बनाएर अघि बढ्न सरकार तयार रहेको पनि बताए ।

मन्त्री रिजालले भने, ‘यो मुलुकको आर्थिक गतिविधि त्यति साह्रो राम्रो, गतिलो अवस्थामा छैन । यो गतिलो बनाउने काम उद्योग, व्यवसायी साथीहरुको पनि हो । तपाईंहरूको भूमिका महत्वपूर्ण छ, यो मुलुकलाई समृद्धितिर लैजाने काम तपाईं हामी सबै मिलेर गर्नुपर्छ ।’ साभार : अनलाइनखबर

Related posts

कार्यसम्पादन मूल्यांकनमा काठमाडौंपछि वीरगन्ज महानगरकाे स्थान

MadhesKhabar

होलीमा हरियो तरकारीको भाउ अचाक्ली बृद्धि

MadhesKhabar

ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

MadhesKhabar

Leave a Comment