Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

वीरगन्ज,२३जेठःवीरगन्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय आउँदो साउनदेखि वीरगन्ज भन्सार कार्यालयमा गाभिने भएको छ । अहिले वीरगन्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी (आइसिपी)छ भने सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टै अस्तित्वमा छ । संघीय सरकारको निर्णयअनुसार यी दुई निकाय गाभिन लागेका हुन् ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले साउनदेखि सुक्खा बन्दरगाह कार्यालय वीरगन्ज भन्सारमा गाभिने जानकारी दिए । सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ । विश्व बैंकसँग ८२ करोड ऋण लिएर यो बन्दरगाह निर्माण गरिएको हो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । भारतले २० करोड लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल्वे लिक निर्माण गरेको छ । सुक्खा बन्दरगाहको व्यवस्थापन इन्टरमोडल यातायात विकास समितिले गरेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति र भारतको प्रिष्टिन भ्याली ड्राइपोर्टबीच पाँच वर्षको लागि तीन अर्ब ३३ करोड रुपैयाँमा व्यवस्थापन ठेक्का सम्झौता भएको छ । यो सम्झौता आउँदो असार मसान्तमा समाप्त हुँदैछ । वीरगन्ज भन्सार कार्यालय मातहतको सुविधासम्पन्न एकीकृत जाँचचौकी पनि निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ ।रासस

Related posts

नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्साबीच उपचार सेवामा छुट दिने सम्झाैता

MadhesKhabar

गर्मीका कारण वीरगन्ज महानगरका विद्यालयहरु तीन दिनका लागि बन्द

MadhesKhabar

कृषि विकास बैंक नाम जस्तै कृषकको बैंक हुनुपर्छ : अध्यक्ष अग्रवाल

MadhesKhabar

Leave a Comment