काठमाडौं,४वैशाखः गृहमन्त्री सुधन गुरुङले सीमापार तस्करी नियन्त्रणबारे मधेस र लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य (सांसद)हरूसँग छलफल गरेका छन् ।
शुक्रबार भएको छलफलमा मधेस र लुम्बिनी प्रदेशका सांसदहरूले विद्यमान भन्सार प्रणाली सुधार गर्ने, भन्साद दर पुनरवलोकन गर्ने, सीमामा प्रभावकारी निगरानी तथा अनुगमन संयन्त्र विकास गर्ने, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकृत गर्ने, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चित हदसम्म भन्सार छुट दिन मापदण्ड निर्धारण गर्ने लगायतका सुझाव दिएका थिए ।
छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग सम्बन्धित सवालहरु गृह मन्त्रालयले कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरुमा अर्थ मन्त्रालयसँग थप छलफल तथा समन्वयमार्फत् समाधान गर्ने मन्त्री गुरुङले बताए ।

