बारा,१२जेठःबाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ८ करोड २१ लाख ७० हजार १३२ रुपैयाँ राजस्व संकलन गरेको छ ।गत साउनदेखि बैशाखसम्म १० महिनाको अवधिमा कार्यालयले सवारीसाधन कर, सवारी चालक अनुमति पत्र लगायतका शीर्षकबाट ८ करोड २१ लाख ७० हजार १३२ रुपैयाँ राजस्व संकलन गरेको हो ।
१० महिनामा कार्यालयले सवारीसाधन करतर्फ ३ करोड ८३ लाख ८७ हजार २६७ , सवारी चालक अनुमति पत्र पास नयाँतर्फ १ करोड ६९ लाख ६५ हजार,अनुमति पत्र पास थपतर्फको शीर्षकमा २८ लाख ४२ हजार , अनुमति पत्र दर्ता नयाँ शीर्षकमा ८३ लाख ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको हो ।
त्यस्तै अनुमति पत्र दर्ता थप शीर्षकमा ३३ लाख ६२ हजार, अनुमति पत्र नवीकरणतर्फ २७ लाख १६ हजार, सवारी विविधतर्फ ८ लाख २८ हजार ९५० , आयकरतर्फ ८ लाख ६० हजार ५२५ र पटके करतर्फ ३९ लाख ९२ हजार ४० रुपैयाँ राजस्व संकलन गरिएको कार्यालय प्रमुख अविन्दर दासले जानकारी दिए । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा उत्साहप्रद ढंगले राजस्व संकलन भएको बताए । उनले भने,‘ कार्यालयले औसतमा मासिक ६१ लख रुपैयाँको हाराहारीमा राजस्व संकलन गर्दै आइरहेको छ’ ।

