Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जमापनि खुल्यो ‘कार स्पा’

वीरगन्ज,३०साउनःवीरगन्जमापनि कार स्पा को शोरुम सञ्चालनमा आएको छ ।कार, मोटरसाइकल लगायतका सवारी साधनको सर्भिसिङ, सौन्दर्यकरण लगायतका सेवा प्रदान गर्दै आएको कार स्पाले वीरगन्जमापपनि आाफनो शो रुम सञ्चालनमा ल्याएको हो ।

बुधबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्मा र नेपाली चलचित्रकी नायिका स्वस्तिका खड्काले उक्त शो रुमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार स्पा शो रुमको उद्घाटन गर्दै वीरगन्ज महानगरका मेयर सिंहले वीरगन्जमा अन्र्तराष्ट्रिय स्तरको सुविधासहितको कार स्पा सञ्चालनमा आउनु वीरगन्जबाासीकालागि खुसीको कुरा भएको बताए । उनले यसलाई सफलल पार्न सबै लाग्नुपर्नेमा जोड दिए ।पूर्वमन्न्त्री शर्माले कार लगायतका अन्य साना सवारी साधनको सर्भिसिङ, सौन्दर्यकरण लगायतका सेवाका लागि काठमाडौं वा सीमापारीका भारतीय शहरमा जानुपर्ने बाध्यतामा रहेकोमा अब भने त्यो झन्झट हटेको बतााए ।

कार स्पाका प्रबन्ध निर्देशक विवेक कुमारको अध्यक्षता तथा वीरगन्ज महानगरका मेयर सिंहको प्रमुख आतिथथइतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार चन्द्रकिशोर, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल पटवारी, बरिष्ठ उपाध्यक्ष हरि गौतम, नेपाल पत्रकार महाासंघ पर्साका अध्यक्ष अनुप तिवारी,वीरगन्ज–३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, नेकपा एमाले पर्साका सचिव महेश दाास लगायतकोपनि सहहभागीता थियो ।

Related posts

लामो समयको प्रतिक्षापछि सञ्चालनमा आउने भयो ‘ठोरी छोटी भन्सार’

MadhesKhabar

६ महिनामा नेपालमा विदेशबाट साढे २० अर्बको धान र चामल आयात

MadhesKhabar

वीरगन्जका खुद्रा व्यपारीका समस्या समाधानका लागि पहल गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment