वीरगन्ज,३०असाेज:दसैं पछि खुलेको बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज(बुधबार )छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार ८०० रूपैयाँ कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो ।
यसअघि साउन १८ गते सुनको मूल्य १ लाख ६१ हजार ३०० रूपैयाँ कायम भएको थियो ।
यस्तै,आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

