Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्ज आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीलाई उद्योगीहरुले भेटे

मधेसखबर
वीरगन्ज,२७ मंसिर : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आइजिपी ) धिरज प्रताप सिंह र सशस्त्र प्रहरीका प्रहरी महानिरीक्षक राजु अर्याल मङगलबार वीरगन्ज आएका बेला यहाका उद्योगी व्यवसायीले भेटेका छन् ।वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी र कार्यसमिति सदस्यहरुले संघकै बैठक कक्षमा भेटेर यहाको नीजी क्षेत्रका समस्या बारे छलफल पनि गरेका छन् ।

छलफलमा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले पर्सा बारा क्षेत्रमा कायम रहेको शान्ति सुव्यवस्थालाई अझ प्रभावकारी बनाउन, सीमा सुरक्षा सम्बन्धी बैठक नियमित रुपमा गर्न , औद्योगिक सुरक्षा बलको पुनस्र्थापना गर्न लगायतका आग्रह गरे ।जवाफमा आइजिपीद्वय सिंह र अर्यालले उद्योगी व्यवसायीले उठाएका विषयहरुलाई आपूmहरुले गम्भीरतापूर्वक लिएको बताए । उनिहरुले वीरगन्ज आर्थिक र व्यापारिक नगरी भएकोले यसको गम्भीरतालाई मध्यनजर गर्दै त्यही अनुरुपको सुरक्षा व्यवस्था मिलाउन दुवै प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताए ।

छलफलमा संघका पूर्व अध्यक्ष प्रदीप केडिया, निवर्तमान अध्यक्ष गोपाल केडिया, कार्यसमिति सदस्य पन्तले सिसिटिभी परियोजनाको विस्तार र पर्यटन प्रहरीका लागि आवश्यक सवारी साधन उपलब्ध गराउनुपर्नेमा जोड दिए ।छलफलमा प्रहरी नायब महानिरीक्षक मसाऊद आलम खाँ, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर, प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की, पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, ट्राफिक प्रहरी उपरीक्षक नान्ति राज गुरुङ्ग लगायतको पनि सहभागीता थियो ।

 

Related posts

भाटभटेनीमा १० हजार कर्मचारी, कसैले गुमाउनु पर्ने छैन जागिर

MadhesKhabar

बारामा २६ लाख मुल्यकाे अलैंची बरामद

MadhesKhabar

बागमती प्रदेशमा लगानी विस्तार गर्न वीरगन्जका उद्योगी व्यपारीसंग अर्थमन्त्री काफ्लेको आग्रह

MadhesKhabar

Leave a Comment