Madhes Khabar
अर्थतन्‍त्र

विश्व बैंक र एडीबीको साढे १८ करोड डलर ऋण स्वीकार्ने सरकारको निर्णय

काठमाडौं,२२चैत : सरकारले विश्व बैंक र एशियाली विकास बैंक (एडीबी) बाट साढे १८ करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार्ने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको वैठकले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकार गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको यस्तो निर्णय सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।

Related posts

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे : पेट्रोलको मूल्य २ सय नाघ्यो (सूचीसहित)

MadhesKhabar

डिजेल र पेट्रोलको मुल्य घट्यो

MadhesKhabar

Leave a Comment