Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य हालसम्मकै उच्च, एकतोलाको २ लाख ३९ हजार नाघ्यो

काठमाडौं,२३ असोज : नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ नाघेको छ। बुधबार २६ सयले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य आज (बिहीबार) तोलामा १ हजार २ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार २ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि हिजो (बुधबार) एक तोला सुन २ लाख ३८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी सुनको मूल्यले कीर्तिमानी बनाएसँगै चाँदीको भाउ पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार २५ रुपैयाँ पुगेको छ। बुधबार सोही परिमाणको चाँदी २ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Related posts

सुनको मूल्य फेरि बढ्यो , तोलाको १ लाख २७ हजार ९ सय

MadhesKhabar

सुनको मूल्य तोलाको साढे २ लाख नाघ्यो

MadhesKhabar

सधै घाटामा रहदै आएको आयल निगम अब मासिक तीन अर्ब रुपैयाँ नाफामा

MadhesKhabar

Leave a Comment