
काठमाडौं,१५चैतः नेपाली बजारमा बिहीबार सुनको मूल्य फेरि बढेको छ । बिहीबार सु्नको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो ।बिहीबार मुल्य बढेर छापावाल सुन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार तेजाबी सुन प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार आज चाँदीको मूल्य पनि बढेर १ हजार ५ सय १० रुपैयाँ पुगेको छ । यसअघि बुधबार चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।