Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य फेरि बढ्यो , तोलाको १ लाख २७ हजार ९ सय

सांकेतिक तस्बिर।

काठमाडौं,१५चैतः नेपाली बजारमा बिहीबार सुनको मूल्य फेरि बढेको छ । बिहीबार सु्नको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो ।बिहीबार मुल्य बढेर छापावाल सुन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधबार छापावाला सुन प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहीबार तेजाबी सुन प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार तेजाबी सुन प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार आज चाँदीको मूल्य पनि बढेर १ हजार ५ सय १० रुपैयाँ पुगेको छ । यसअघि बुधबार चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

 

Related posts

वीरगन्ज–२५ मा रहेको जय माता दुर्गेश्वरी सहकारीले एक वर्षमा गर्‍यो साढे ३ करोडको कारोबार

MadhesKhabar

अलौं–सिर्सियाका पिडित जग्गाधनीहरुको चेतावनी : बैशाख २६ देखि ड्राइपोर्ट नै ठप्प पार्छौ

MadhesKhabar

अर्थतन्त्रका समस्या समाधान गर्न निजी क्षेत्रको साथ चाहिन्छ : उद्योगमन्त्री रमेश रिजाल

MadhesKhabar

Leave a Comment