Madhes Khabar
अर्थतन्‍त्र

नेपालमा १०० भारतीय रुपैयाँ भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने

काठमाडौं ,१०असाेज: नेपालमा एक सय भारतीय रुपैयाँ (भारु) भन्दा ठूलो दरका नोट साथमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचनामार्फत् नेपालमा एक सय दरभन्दा ठूला दरका भारु नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको जनाएको छ ।

प्रतिबन्धित दरका नोट साथमा नराख्न र स्वदेशभित्र नेपाली मुद्राको कारोबार गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच हजार बराबरको भारु (एक सय वा त्यो भन्दा कम दरका नोट मात्र) ल्याउन/लैजान सकिने र त्यो भन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।

भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।

भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको सटही सुविधा मनीचेन्जरबाट पनि लिन सक्ने छन् । कारोबारका अन्य माध्यम जस्तैः ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानीलगायतमा यो सीमा लागू नहुने पनि राष्ट्र पनि बैंकले जनाएको छ ।

Related posts

वीरगन्जमा मधेस प्रदेश युवा उद्यमी मञ्च गठन, कृषि र उद्योगमा युवा सहभागिता बढाउने प्रतिबद्धता

MadhesKhabar

दशैँका लागि पर्सा ,बाराका नागरिकले असोज २ देखि नयाँ नोट साट्न पाउने

MadhesKhabar

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, तोलाको १ लाख ७० हजार ७०० रुपैयाँ

MadhesKhabar

Leave a Comment