Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

दशैँका लागि पर्सा ,बाराका नागरिकले असोज २ देखि नयाँ नोट साट्न पाउने

मधेसखबर
वीरगन्ज,२९ भदौं : नेपाल राष्ट्र बैंकले दशैँका लागि काठमाण्डौ उपत्यकमा बुधबार देखि नयाँ नोट साट्न सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट बुधबार देखि नयाँ नोट साट्न थालिएको हो ।तर पर्सा , बारा सहितका जिल्लाहरुमा भने असोज २ गतेदेखि मात्रै नयाँ नोट साट्न सकिने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
यसवर्ष पनि नागरिकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही गर्न सक्नेछन् ।उनीहरुले ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक÷एक वटा बन्डल गरी १८ हजार ५ सय रुपैयाँ साट्न पाउनेछन् ।

Related posts

पर्साका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (चार वटै क्षेत्रको सुची)

MadhesKhabar

पेट्रोलियम पदार्थको मुल्यमा फेरि वृद्धि , ग्याँसकाे भाउ अब २ हजार ११० रुपैयाँ

MadhesKhabar

लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

MadhesKhabar

Leave a Comment