Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, तोलाको १ लाख ७० हजार ७०० रुपैयाँ

फाइल तस्बिर ।

काठमाडौं,१४कार्तिकःनेपाली बजारमा सुनको भाउले आज (बुधबार) फेरि नयाँ कीर्तिमान बनाएको छ । हिजो (मंगलबार)धनतेरसको दिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको सुन आज एकैदिन दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार नाघेको छ ।

आज सुन तोलाको एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर दुई हजार एक सय बीस रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Related posts

पर्साका ८५ र बाराका १ सय १२ सहकारी संस्था सम्पर्कविहीन

MadhesKhabar

बारा–पर्साका उद्योगीहरु भन्छन् : बिजुलीको लाइन जोडिएन भने उद्योगहरु सधैंका लागि बन्द हुन्छन्

MadhesKhabar

वीरगन्ज नाकाबाट सात महिनामा करिब १७ अर्बको औषधि आयात

MadhesKhabar

Leave a Comment