Madhes Khabar
स्थानिय

मेयरमाथि दुव्यर्वहार गर्नेलाई कारबाही गर्न जसपाको माग

वीरगन्ज,२२असाेज:जनता समाजवादी पार्टीले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह माथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टीको वीरगन्ज महानगर कार्य समितिका अध्यक्ष इश्वरचन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा मेयर सिंह माथि दुव्र्यवहार गर्ने अलौंका सुदर्शन लामिछाने र उनका पिता शिव ओम लामिछानेलाई कारबाही गर्न माग गरिएको हो ।

हालै आएको अविरल वर्षापछि वीरगन्ज महानगरपालिकाको वडा नंवर १७, २४, २५ र २६ का दर्जनौं घरसहित सयौँ विघा जग्गामा लगाइएको धानबाली डुबानमा परेको र त्यसले आफूहरुको जनजीवन नै अस्तव्यस्त बनाएको भन्दै स्थानीयले उद्धारका लागि निवेदन दिएको र सम्बन्धित वडा अध्यक्षमार्फत समस्या समाधानको प्रयास भए पनि निकास ननिस्किए पछि प्राविधिक सहित स्थलगत अवलोकनमा पुगेका बेला सिंह माथि दुव्र्यवहारको प्रयास भएको जसपाले जनाएको छ।

स्थानीय सरकारको प्रमुखले आफ्नो पालिका भित्रका नागरिकले भोगेको समस्या जान्ने, बुझ्ने र त्यसको समाधानका लागि हरसम्भव प्रयास गर्नु उसको दायित्व कर्तव्य भएको भन्दै विज्ञप्तिमा नागरिकको समस्यालाई आफ्नै समस्या ठानेर समस्या आएको ठाउँमा स्थलगत रुपमा नै पुगेर समाधानका लागि पहल उठाउनु एउटा सरकार प्रमुखको सह्रानीय कार्य रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अलौँमा शिव ओम लामिछाने र उनका छोरा सुदर्शन लामिछानेले महानगरका मेयर सिंहमाथि दुव्र्यवहार र हुलहुज्जतको प्रयास गर्न खोजेको कार्य निन्दनीय रहेको भन्दै जसपाले उच्छृङ्खल घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ ।

पानी निकासको विषयलाई अहिले राजनीतिक रंग दिन खोजिएको भन्दै आवश्यक परे प्रतिकार गर्न जनता समाजवादी पार्टी तयार रहेको भन्दै विज्ञप्तिमार्फत चेतावनी पनि दिइएको छ ।

पानीको निकास रोकेर त्यस क्षेत्रका स्थानीयलाई डुबानमा पारी लामिछाने सहितका केही व्यक्ति रमाउन खोजेको देखिएको भन्दै तत्काल त्यहाँका आम स्थानीयको जनजीवन सामान्य बनाउन तर्फ सबै लाग्न पनि जसपाले आग्रह गरेको छ ।

अघिल्लो दिन वडा नंबर १७ का वडा सदस्य आमोद यादवमाथी अघिल्लो दिन आक्रमण गर्ने व्यक्ती र भोली पल्ट सोमबार मेयरलाई पनि दुव्र्यवहार गर्ने व्यक्ती उही हुनुले उनीहरु परिचालित र पुर्वाग्रह मानसिकताबाट ग्रसित भएर नियोजित रुपमा नै घटना गराएको देखिएको जसपाकाे विज्ञप्तीमा उल्लेख छ । पार्टीले घटनाको यथार्थ छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

Related posts

वीरगन्जमा प्रहरी जवान चाैधरीको ज्यादती, कुटपिटबाट ई-रिक्सा चालक घाइते

MadhesKhabar

दलित पत्रकार संघ पर्साको अधिवेशन सम्पन्न : अध्यक्षमा पुन पासवान चयन

MadhesKhabar

सामाजिक र धार्मिक सदभाव कायम राख्न चौतर्फी अपिलपछि सामान्य बन्दै वीरगन्जको अवस्था

MadhesKhabar

Leave a Comment