Madhes Khabar
स्थानिय

दलित पत्रकार संघ पर्साको अधिवेशन सम्पन्न : अध्यक्षमा पुन पासवान चयन

वीरगन्ज,८असार: राष्ट्रिय दलित पत्रकार संघ पर्साको अध्यक्षमा पुनः श्याम पासवान दोहोरिएका छन् । शनिबार वीरगन्ज गेटवे होटलमा सम्पन्न संघको दोस्रो अधिवेशनपछिको बनदसत्रले पासवानलाई नै अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।पासवान नवहिमालयन टाइम्सका प्रकाशक हुन् ।

यस्तै संघकाे उपाध्यक्षमा सुरेश बादल र सचिवमा सूर्यनारायण वि.क. पनि दोहोरिएका छन् । बादल तराई न्युजमा आबद्ध छन् भने सूर्य यात्रा डेलीका सहसम्पादक हुन् ।सहसचिवमा सुशिल हजरा र काेषाध्यक्षमा नीला राम चयन भएका छन् ।

संघकाे दस्यमा संगीता दास, धर्मेन्द्र राम, बिपिन महरा, सिद्धार्थ बादल, सुजिता कुमारी, आशिका कुमारी र रामबाबु राम चयन भएका छन् ।

बन्द सत्रले बृजलाल पासवान, बिनोद परियार र सुभाष रामलाई संघकाे सल्लाहकारमा मनोनित गरेको छ ।

यसअघि अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले दलित शब्द आफैमा सम्मानजनक शब्द भएको बताए । शब्द समस्या नभएको बताउँदै उनले पहिचान र गौरव गर्ने विषयमाथि टिप्पणी नगर्न सचेत गराए । संविधानले नै स्विकार गरीसकेको शब्दमाथि गलत विश्लेषण गर्न नहुने उनको बुझाई छ । संविधानले उल्लेख गरेका दलित अधिकारका सवाललाई अझै सशक्त ढंगले कार्यन्वयनका लागि खबरदारी र ध्यानाकर्षण गराउनुपर्नेमा उनले जोड दिए ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले दलित पत्रकार संघ पर्साका सल्लाहकार बृजलाल पासवानको नाम नथपेसम्म महासंघको अधिवेशन नगर्ने अडान राखे । उनले भने, ‘हामी दलित समुदायको प्रतिनिधित्व गराउने सवालमा सकारात्मक छौँ, जसलाई हामीले गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार समेत प्रदान गरेका थियौँ, उहाँकै नाम सदस्यताबाट केन्द्रीय समितिले हटाएको छ । उहाँको नाम नथपेसम्म हामी पर्सामा अधिवेशन नै गर्नै छैनौँ ।’ उनले संख्यात्मक हिसाबले कम भएपनि थोरैबाटै सुरुवात गरेर बलियो उपस्थिती बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव सिकेन्द्र पासवानले दलितका मुद्दा उठान मात्रै नभएर समस्याका सम्बोधनका लागि पनि काम गर्दै आएको स्मरण गराए । महासंघले जारी गरेको अन्तिम नामावलीमा पर्सासँगै रौतहट, धनुषा, सप्तरी लगायतका क्षेत्रका दलित पत्रकारको नाम हटाएकोमा उनले आपत्ती जनाए । संघको केन्द्रीय समितिले महासंघको विरुद्धमा विज्ञप्ती जारी गरीसकेको बताउँदै उनले अन्तिम सूची नसच्याएमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिए ।

दलित पत्रकार संघ पर्साका सल्लाहकार बृजलाल पासवानले पत्रकारितामा दलित समुदायको प्रतिनिधीत्व बनाउनका लागि संघले काम गरीरहेको जानकारी गराए । भएका दलित पत्रकारको क्षमता अभिवृद्धि एवम् नयाँलाई प्रवेश गराएर पत्रकारितामा दलितको उपस्थिती बढाउने योजना रहेको उनले सुनाए ।

नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठ, प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतम, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु सुमन, राष्ट्रिय दलित पत्रकार संघ बाराका अध्यक्ष निखिल पासवान लगायतलेपनि मन्तब्य व्यक्त गरेका थिए ।

उद्घाटन कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य मनोज पटेल, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष राकेश पाण्डेय, समाजवादी प्रेस संगठन मधेस प्रदेशका सचिव रमेश सुवेदी, वीरगन्ज महानगरपालिकाका अधिकृत शम्भु पासवान, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य राजकुमार पासवान लगायतको उपस्थिती रहेको थियो ।

Related posts

कलिकामाई गाँउपालिकाकाे बेथिति : एक वर्षमै थपियाे ४ करोड बेरुजू

MadhesKhabar

वीरगन्जमा भूमाफियाको चलखेल असफल: फर्जी सहकारी खडा गरेर गौशालाको जग्गा हडप्न खोज्नेलाई अदालतको अंकुश

MadhesKhabar

वीरगन्ज आएर उपेन्द्र यादवले भने : हैसियत अनुसार सिट नपाए जसपा एक्लै चुनाव लड्छ

MadhesKhabar

Leave a Comment