Madhes Khabar
समाज

रानीघाटमा दुर्गा पूजा समितिले आयाेजना गरेकाे कार्यक्रममा ७९ जनाले गरे रक्तदान

वीरगन्ज,१६असाेज:वीरगन्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटमा बुधबार आयाेजित रक्तदान कार्यक्रममा ७९ जनाले रक्तदान गरेका छन्।दुर्गा पुजा समिति रानीघाटले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ६ महिलासहित ७९ जनाले रक्तदान गरेका हुन्।

रक्तदान गर्नेहरुमा स्नेहा साह,वीरेन्द्र प्रसाद साह, सैमरिका गुप्ता ,बृजकिशोर प्रसाद, नवराज पटेल,सुनिल कुमार कलवार , ओमजय साह , चन्दन कुमार , बिष्णु राउत , प्रमोद रौनियार , कन्हैया यादव , राजन कुमार सिंह , प्रमोद कुमार साह ,प्रिया साह,पप्पु कुमार सोनी लगायतका रहेकाे रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख साैरभराज पाण्डेले जानकारी दिए।

दुर्गा पुजा समितप रानीघाटका अध्यक्ष शतीष सिंह राजपुतको अध्यक्षता तथा वीरगन्ज-९ का वडाध्यक्ष जवाहर प्रसाद कलवारकाे प्रमुख आतिथ्यता भएको रक्तदान कार्यक्रममा दिनानाथ रौनियार , नुरुल होदा अन्सारी,आर.सी. यादव,मनिष कुमार कानु,गोपाल प्रसाद रौनियार, उषा सिंह,नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता , सचिव लालबाबु सिंह लगायतकाेपनि सहभागीता थियाे।

Related posts

धाेनीकाे चेन्नाईले आइपिएल जितेकाे खुशीमा वीरगन्जका युवाद्वारा आश्रममा खाद्यान्न सहयाेग

MadhesKhabar

आगलागीबाट पिडित पर्साका दलित परिवारलाई लत्ताकपडा सहयाेग

MadhesKhabar

वीरगन्जमा खेलकुद महासंघको कार्यक्रममा २८ जनाले गरे रगत दान

MadhesKhabar

Leave a Comment