वीरगन्ज,१६असाेज:वीरगन्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटमा बुधबार आयाेजित रक्तदान कार्यक्रममा ७९ जनाले रक्तदान गरेका छन्।दुर्गा पुजा समिति रानीघाटले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ६ महिलासहित ७९ जनाले रक्तदान गरेका हुन्।
रक्तदान गर्नेहरुमा स्नेहा साह,वीरेन्द्र प्रसाद साह, सैमरिका गुप्ता ,बृजकिशोर प्रसाद, नवराज पटेल,सुनिल कुमार कलवार , ओमजय साह , चन्दन कुमार , बिष्णु राउत , प्रमोद रौनियार , कन्हैया यादव , राजन कुमार सिंह , प्रमोद कुमार साह ,प्रिया साह,पप्पु कुमार सोनी लगायतका रहेकाे रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख साैरभराज पाण्डेले जानकारी दिए।
दुर्गा पुजा समितप रानीघाटका अध्यक्ष शतीष सिंह राजपुतको अध्यक्षता तथा वीरगन्ज-९ का वडाध्यक्ष जवाहर प्रसाद कलवारकाे प्रमुख आतिथ्यता भएको रक्तदान कार्यक्रममा दिनानाथ रौनियार , नुरुल होदा अन्सारी,आर.सी. यादव,मनिष कुमार कानु,गोपाल प्रसाद रौनियार, उषा सिंह,नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता , सचिव लालबाबु सिंह लगायतकाेपनि सहभागीता थियाे।

