Madhes Khabar
समाज

आगलागीबाट पिडित पर्साका दलित परिवारलाई लत्ताकपडा सहयाेग

वीरगन्ज,१७माघ:पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ३ महेन्द्रपुरमा भएकाे आगलागीकाे घटनाबाट पिडित दलित परिवारलाई जन सेवा नामक पराेपकारी संस्थाले लत्ताकपडा सहयाेग गरेकोे छ।

माघ ६ गते भएकाे आगलागीबाट स्थानीय छाेटेलाल पासवानकाे फुसकाे घर जलेर नष्ट भएपछि बिचल्लीमा परेका उनका परिवारलाई जन सेवा नामक संस्थाले लत्ताकपडा सहयाेग गरेको हाे।पिडितकाे घरमै पुगेर न्यानाे लुगासहित १३ थान लत्ताकपडा प्रदान गरिएको संस्थाका अध्यक्ष बृजेश्वर प्रसाद चाैधरीले जानकारी दिए।

माघ ६ गते दिउँसोकाे समयमा बिजुलीकाे तार सर्ट भएर आगलागी हुदाँ पासवानकाे फुसकाे घरका साथै घरमा रहेका सबै सामान जलेर नष्ट भएको थियाे।

Related posts

पन्नालाल माविमा वडाध्यक्षको पहलमा रुंगटा वेयल फेयरले जडान गरिदियो डीप बोरीङ

MadhesKhabar

पर्साका विपन्न र दलित परिवारलाइ झुल वितरण

MadhesKhabar

छठ मनाउन वीरगन्ज कारगारका महिला कैदीबन्दीहरुलाई साडी वितरण

MadhesKhabar

Leave a Comment