वीरगन्ज,७असोजःगत शनिबार जनता समाजवादी पार्टी(जसपा) मा प्रवेश गरेका जसपा नेपालका पर्साकाे तत्कालीन सचिव तबरेज अहमदले साेमबार जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवलाई राजिनामा पत्र बुझाएका छन् ।
गत शनिबार उनिसंगै जसपा नेपाल वीरगन्ज महानगरका सचिव असलम अन्सारी र समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष एजाजबाबु राँकी जसपा नेपाल परित्याग गर्दै जसपामा प्रवेश गरेका थिए।
शनिबार जसपा नेपाल परित्याग गरेकाे घाेषणा गरेका जिल्ला सचिव अहमदले साेमबार भने जसपा नेपालका जिल्ला अध्यक्षलाई राजिनामापत्र बुझाएका हुन्।
राजिनामापत्रमा अहमदले लेखेका छन् – कुनै एक पदमा ५ वर्षभन्दा बढी नबस्ने तथा ६० वर्ष उमेरपछि राजनीतिबाटै सन्यास लिने वाचा मैले पहिले नै गरेकाे थिए ।संयाेगवश जसपा नेपालकाे जिल्ला सचिवकाे जिम्मेवारी लिएको आज ५ वर्ष पुगेकाे छ र आजै विधिवत रुपमै मैले उक्त पद र पार्टीको साधरण सदस्यबाट समेत राजिनामा दिएकाे छु।
गत शनिबार जपसपामा प्रवेश गरेका दिन अहमदले सत्तामा रहदाँ मधेसको मुद्धा बिर्सिने तर सत्ताबाट बाहिरिने बित्तिक्कै मधेसको मुद्धा उचाल्ने प्रवृति भएका उपेन्द्र यादव र उनको पार्टीबाट मधेसको हित नहुने देखेर आँफुहरुले जसपा नेपाल परित्याग गरेको प्रतिक्रिया दिएका थिए ।

