Madhes Khabar
राजनीति

प्रचण्डमा ’भ्यागुते प्रवृत्ति देखियो : सिके राउत

फाइल तस्बिर।

काठमाडौं,२४फाल्गुनःजनमत पार्टीका अध्यक्ष डा.सिके राउतले गठबन्धन परिवर्तनलाई ’भ्यागुते प्रवृत्ति’को संज्ञा दिएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष राउतले विदेशीले धाप पार्ने वित्तिकै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ मा गठबन्धन तोड्ने÷जोड्ने प्रवृत्ति देखिएको आरोप लगाएका हुन्।

’जुन प्रवृत्ति देखायो यसलाई भ्यागुते प्रवृति भन्छु म । बरु भ्यागुतालालाई समातेर जोख्न सकिन्छ। तर,अहिलेका सम्मानीय प्रधानमन्त्रीज्यूलाई त्यति कमसल नठान्नुहोला। कतिखेर कुन विदेशीले कतिबेला धाप मारिदिन्छ कतातिर बुर्लुक्क उफ्रिदिनुहुन्छ। कुन बेला थाहै हुँदैन। यो उफ्राइले गर्दाखेरि काठमाडौंमा मात्रै नभइ सातवटै प्रदेशका सरकार गल्याङगुलुङ ढलिदिन्छन्। जनता र देशले यातना खेप्नुपर्ने। देशले घाटा व्यहोर्नुपर्ने। उहाँ फेरि गर्वका साथ भन्नुहुन्छ– म मिस्टर उथलपुथल हो। म बाँच्दासम्म यो मुलुकमा उथलपुथल भइरहन्छ। मानौं उहाँ शेषनाग हुनुहुन्छ यो धर्ती नेपाल उहाँको शीरमाथि अडिएको छ। उहाँले याद राख्नुपर्ने कुरा केछ भने हरेक शेषनागको लागि विष्णुको अवतार हुने पनि गर्छ।’

अध्यक्ष राउतले अहिलेको गठबन्धन सिद्धान्तको धरालतमा निर्माण भएको आफूले ठानेको तर प्रधानमन्त्रीको आजको सम्बोधन सुन्दा अचम्म लागेको बताए।साभारःअन्नपूर्ण पोष्टबाट

 

Related posts

गठबन्धन छिटो टुंगो लगाउन लोसपाको माग

MadhesKhabar

पर्सामा कांग्रेसलाई जिताउन सामाजिक सञ्जाल समन्वय उपसमितिको संयोजकमा गुप्ता मनोनित

MadhesKhabar

अदालतहरुकाे कार्यसम्पादन अब्बल छ:कानुन मन्त्री चाैरसिया

MadhesKhabar

Leave a Comment