Madhes Khabar
राजनीति हेडलाइन

गौर हत्या काण्डको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालतमा जाने प्रभु साहको चेतावनी

फाइल फोटो

काठमाडौं,११ भदौं : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्या काण्डकाका दोषीहरुलाई सरकारले कारबाही नगरे चुप लागेर नबस्ने बताएका छन् ।

सोमबार काठममाडौंमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी गरे ।

कानुनको शासन छ कि कुर्सीको भन्ने प्रश्न उठेको भन्दै उनले भने, ‘यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन्, हाम्रो पार्टी चुप लागेर बस्दैन ।’

गौर हत्या काण्डमा पनि १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भए पनि अहिलेसम्म छानबिन समेत नगरेको उनले बताए ।पीडित संघर्ष समिति र सरकारबीच गौर घटनाको विषयमा सहमति गरेपनि सरकार पछि हटेको भन्दै उनले यदि नेपालबाट न्याय नपाए पीडितहरु अन्तर्राष्ट्रिय अदालत (हेग) सम्म जाने उनको चेतावनी छ ।

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरुलाई जोगाएको, ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुको साटो सरकारी साक्षी बनाएको उनले बताए । सुन काण्डमा पनि ठूला नेताहरुको नाम आएपछि सरकार हच्किएको उनको दाबी छ ।साभार : अनलाइनखबरबाट

Related posts

अर्थमन्त्रीलाई भेटेर मेयर सिंहले भने : भन्सारबाट उठ्ने राजश्व वीरगन्जलाई पनि चाहिन्छ

MadhesKhabar

जनमतका सतीश सिंह बने मधेसको मुख्यमन्त्री

MadhesKhabar

मधेसका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

MadhesKhabar

Leave a Comment