Madhes Khabar
राजनीति

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक पुन राष्ट्रियसभामा प्रस्ततुत

मधेसखबर
वीरगन्ज, १२ भदौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनरविचारका लागि फिर्ता पठाइएको नेपाल नागरिकता विधेयक –२०७९ आइतबार राष्ट्रियसभा बैठकमा पुन प्रस्तुत गरिएको छ।

बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनरविचारका लागि फिर्ता भएको नेपाल नागरिक विधेयक (पहिलो संशोधन २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराइएका छन् ।

राष्ट्रपतिबाट फिर्ता भएको विधेयक यसअघि प्रतिनिधि सभाबाट जस्ताको त्यस्तै पारित भइसकेको छ। प्रतिनिधि सभाबाट पारित भएको सो विधेयकबारे आइतबार राष्ट्रियसभामा जानकारी गराइएको हो।

इसअघि संघीय संसदको दुवै सदनबाट पारित भइ नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो। तर विधेयक संशोधन गर्नुपर्ने भन्दै राष्ट्रपतिले १५ बुँदे सन्देशसहित फिर्ता गरेकी थिइन् ।

Related posts

पर्सागढीमा एमाले र जसपा नेपालका ३० भन्दा बढी नेता कांग्रेसमा प्रवेश,मन्त्री चाैरसियाले गरे स्वागत

MadhesKhabar

जिपि कोईराला फाउण्डेसनको मधेस प्रदेशको संयोजकमा शाहाबुद्दिन मनोनित

MadhesKhabar

विकासको रोडम्याप लिएर जनतामाझ काँग्रेस उम्मेदवार चौरसिया ,जनतामा उत्साह

MadhesKhabar

Leave a Comment