Madhes Khabar
राजनीति

पर्सागढीमा एमाले र जसपा नेपालका ३० भन्दा बढी नेता कांग्रेसमा प्रवेश,मन्त्री चाैरसियाले गरे स्वागत

वीरगन्ज,२८असाेज:पर्साकाे पर्सागढी नगरपालिका वडा नम्बर ७ टिकुलियामा आयाेजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरि ३० भन्दा बढी नेताकार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।दिपावली तथा छठकाे उपलक्ष्यमा आयाेजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले,जसपा नेपाल,जसपा लगायतका विभिन्न दलका ३० भन्दा बढी नेताकार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अजय चाैरसियाले नवप्रवेशीहरुलाई टीका लगाउनुका साथै गम्छा ओढाएर पार्टीमा स्वागत गरे।कार्यक्रममा बाेल्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री चाैरसियाले कांग्रेस-एमाले गठबन्धनको अहिलेकाे ससकार जनता र देशप्रति केन्द्रित रहेर अगाडि बढिरहेको बताए।देश समस्यामा परेका बेला निकास दिने पार्टी कांग्रेस नै भएकाे विगतका इतिहासले पुष्टि गरिसकेको भन्दै कांग्रेस प्रतिकाे जनताकाे भराेसा सदैव रहेकाे जिकिर गरे।

वडाध्यक्ष शंकर रायभरकाे अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस पर्साका उपसभापति अशाेककुमार गुप्ता, क्षेत्रीय सभापति महम्मद साहबुदिन,पर्सागढी नगरपालिकाका पूर्वमेयर लाेकनारायण यादव,बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह लगायतका नेताहरुकाेपनि सहभागीता रहेकाे क्षेत्रीय सचिव रन्जीत कुमार पटेलले जानकारी दिए ।

Related posts

उपेन्द्र यादवकाे नेतृत्वमा सरकारमा जाने जसपाकाे निर्णय

MadhesKhabar

मधेस सरकारको १०० दिनको उपलब्धि : पोखरियासहितका अस्पतालमा ४०० बढी दरबन्दी सृजना

MadhesKhabar

पूर्वमन्त्री प्रदीप यादवले निर्वाचन कार्यालयमा बुझाए चुनावी खर्च विवरण

MadhesKhabar

Leave a Comment