
काठमाडौं,२४फाल्गुन:जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवकाे नेतृत्वमा सरकारमा जाने भएको छ । बिहीबार बसेको जसपाकाे कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले मधेसखबरलाई जानकारी दिए ।
उनले भने,‘बैठकबाट अध्यक्षज्यूकै नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भयो । एकजना राज्यमन्त्री र एकजना अर्को मन्त्री अध्यक्षले नै टुंग्याउने जिम्मेवारी दिइएको छ,’ ।
नयाँ सरकारमा यादव उप्रधानसहित स्वास्थ्य मन्त्री बन्ने भएका छन्।यस्तै पार्टीको भागमा परेकाे वन मन्त्रालयमा राजकिशाेर यादव र नवलकिशाेर साह मध्ये एक जनालाई पठाउने निर्णय भएकाे प्रमुख सचेतक यादवले मधेसखबरलाई जानकारी दिए।
यादवका अनुसार,सुशीला श्रेष्ठलाई राज्यमन्त्री बनाउने जसपाले निर्णय गरेको छ ।

