Madhes Khabar
राजनीति हेडलाइन

ठाकुरराम क्याम्पसमा चैत मसान्तभित्रै स्ववियु निर्वाचन गराउन थालियाे पहल

मधेसखबर
वीरगन्ज ,९चैत : वीरगन्जकाे ठाकुरराम बहुमुखी क्याम्पसमा स्थगित स्ववियु निर्वाचन चैत मसान्तभित्रै गराउन पहल थालिएकाे छ ।

देशभरिका क्याम्पसमा चैत ५ मा भएकाे स्ववियु निर्वाचन ठाकुरराम क्याम्पसमा भने विवादका कारण स्थगित गरि क्याम्पस प्रशासनले जेठ १३ गते गर्ने निर्णय गरेकाे थियाे ।तर चुनाव पक्षधर विद्यार्थी संगठन र नेताहरुले भने निर्वाचन यहि चैत मसान्तभित्रै हुनुपर्ने माग राखेर क्याम्पसमा तालाबन्दी गर्नुका साथै बुधबारदेखि चरणबद्ध आन्दोलन पनि थालेका थिए ।

त्यसैलाई मध्यनजर गरि बिहिबार चुनाव पक्षधर विद्यार्थी नेताहरु र क्याम्पस प्रमुख डाक्टर उमेश चाैरसिया सहितको बैठक बसेर स्थगित निर्वाचन यहि चैत मसान्तभित्र गर्ने गरि तालबन्दी लगायतका विद्यमान समस्या सामधान गर्ने सहमति गरिएको छ ।

क्याम्पसमै बिहीबार बसेकाे बैठकमा विद्यार्थी नेताहरुकाे माग अनुसार चैत मसान्तभित्र स्ववियु निर्वाचन गर्नका लागि सबैले पहल थाल्ने , क्याम्पसमा गरिएको तालाबन्दी खाेल्ने , यसअघि प्रकाशित मतदाता नामावली छानबिन गरि फेरि अर्को मतदाता नामावली प्रकाशन गर्ने , चुनावी प्रकृया अगाडि बढाउन देखिएका समस्या सामधानका लागि क्याम्पस प्रशासनका तर्फबाट डेलिगेसन टाेली त्रिविमा जाने सहमति गरिएकाे छ ।

बिहीबारकाे बैठकमा क्याम्पस प्रमुख चाैरसिया, सहायक क्याम्पस प्रमुख माेहन प्साद यादव, निर्वाचन अधिकृत राेशन लामिछाने, अन्य प्राध्यापकहरु, कर्मचारी , विधार्थी संगठन र समुहका नेताहरुकाे सहभागिता थियाे ।

Related posts

उपमेयर उम्मेदवार विणा भन्छिन् –राप्रपाको आगमनले विपक्षीको सात्तो उडेको छ

MadhesKhabar

पर्सा १ मा प्रदीप यादवलाई जिताउन महिला नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा

MadhesKhabar

कलैया गाेलीकाण्ड अपडेट : गाेली लागेका प्रधानाध्यापक सर्राफकाे मृत्यु

MadhesKhabar

Leave a Comment