Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज नाकाका दुबै भन्सार कार्यालय राजश्व लक्ष्य पुरा गर्न फेरि असफल

काठमाडौं, ७असोजः वीरगन्ज नाकास्थित दुबै भन्सार कार्यालय चालु आर्थिक वर्षको दोस्रो महिनामापनि लक्ष्य अनुसारको राजश्व उठाउन असफल भएका छन् ।

गत भदौं महिनामा वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली लक्ष्यको ६५.६९ प्रतिशतमात्रै पुगेको छ भने सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजश्व असुलीपनि लक्ष्यको ८५ प्रतिशत मात्रै छ ।

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को भदौ महिनामा १९ अर्ब ३८ करोड रुपैयाँ राजश्व असुलीको लक्ष्य पाएकोमा १२ अर्ब ७१ करोड २२ लाख रुपैयाँ मात्रै उठाएको छ । जुन लक्ष्यको ६५.६९ प्रतिशतमात्र हो ।

कार्यालयका सूचना अधिकृत रामचन्द्र शर्मा ढकालले भदौंमा लक्ष्यको ६५.६९ प्रतिशतमात्रै राजश्व संकलन भएपनि अघिल्लो आर्थिक वर्षको यहीं अवधिको तुलनामा राजश्व असुलीमा सुधार देखिएको बताए ।

यस्तै सिर्सिया सुक्खा बन्दरगाहले चालु आर्थिक वर्षको भदौ महिनामा ५ अर्ब ३७ करोड २८ लाख १८ हजार रुपैयाँ राजश्व असुलीको लक्ष्य पाएकोमा ४ अर्ब ५७ करोड ५० लाख ६४ हजार रुपैयाँमात्र उठाएको छ । जुन लक्ष्यको ८५.१५ प्रतिशत हो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले चालु आवमा समग्रमै आयातमा सुधार भएपछि त्यसको सकारात्मक प्रभाव राजश्व असुलीमा पनि देखिएको बताए ।

Related posts

पत्रकार नेहाल खानको उपचारका लागि मेयर सिंहले दिए ५० हजार रुपैयाँ

MadhesKhabar

पटेर्वासुगौली गाँउपालिकाको सह्रानीय काम : सुत्केरी महिलालाई ‘सुत्केरी कोशेली’ वितरण

MadhesKhabar

पर्साको सिडिओ अफिसमा अख्तियारको छापा , घुस सहित एक कर्मचारी पक्राउ

MadhesKhabar

Leave a Comment