Madhes Khabar
राजनीति

काँग्रेस उम्मेदवार चौरसियाको घरदैलो कार्यक्रम निरन्तर

मधेसखबर
वीरगन्ज,१० कार्तिक : पर्सा क्षेत्र नम्बर २ मा सत्तागठबनधनबाट नेपाली काँग्रेसका उम्मेदवारहरुले बिहीबार पनि मतदाताको घरदैलोमा पुगेर मत माग्दै आशीर्वाद थापेका छन् ।
काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार रमेश कुर्मीले बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर वडा नम्बर १ को बजार छपकैयाका विभिन्न टोलमा घरदैलो गरेका हुन् ।
त्यसक्रममा घरघरमा पुगेर मतदातालाई भेट्दै प्रतिनिधीसभा सदस्यका काँग्रेस उम्मेदवार चौरसियाले आफु सांसद पदमा नरहदा पनि जनताको सुखदुखमा साथ दिदै आएको कुरा सबैलाई थाहा नै भएको भन्दै आगामी दिनमा पनि आफु जनताकै माझमा रहने बताए ।
चौरसियाले भने ,‘ म नेता भन्दा पनि यस क्षेत्रका जनताको सेवक हु , जनताको हरेक सुखदुखमा मेरो साथ पहिले पनि थियो , अहिले पनि छ , भोलिका दिनमा पनि रहनेछ ।
उनले मंसिर ४ को निर्वाचनमा कामको मुल्यांकन गरेर मतदान गर्न आग्रह पनि गरे । काँग्रेसकै कारण लोकतन्त्र र संविधान जोगिएको भन्दै उनले अहिले काँग्रेसले जिते मात्र संविधान र लोकतन्त्र सुरक्षित हुने बताए ।
चुनावी घरदैलो कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , नेता ओम प्रकाश गुप्ताका साथै काँग्रेस र लोसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

Related posts

वीरगन्जसंग गद्धारी गर्नेहरुसंग सचेत रहन काँग्रेस उम्मेदवार कुर्मीको आग्रह

MadhesKhabar

गणेशमान सिंहको स्मृति दिवसमा कांग्रेसद्वारा वीरगन्जमा “प्रवचन” कार्यक्रम

MadhesKhabar

वीरगन्जबाट केपी ओलीको गर्जन : कांग्रेस सहमतिमा नआएपनि नीति,कार्यक्रम र बजेट पास हुन्छ

MadhesKhabar

Leave a Comment