Madhes Khabar
समाज

श्रीपुरमा नवरात्री महोत्सवको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ५६ जनाले गरे रगत दान

वीरगन्ज,५असोजःवीरगन्ज–११ श्रीपुरमा शनिबार दूर्गा पूजा सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ५६ जनाले रगत दान गरेका छन् ।

श्री नवरात्री महोत्सवको उपलक्ष्यमा श्रीपुरको जानकी मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५ महिलासहित ५६ जनाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । उनका अनुसार रगतदान गर्नेहरुमा आंशुकुमारी पटेल,सिम्रन मण्डल,आयुष वर्यावाल, माधव साह,रीनादेवी, पुष्पा गिरी, रितु मण्डल, विक्की साह,सन्नी साह, राजदेव साह,सुनिल महतो कहार लगायतका रहेका छन् ।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेकपा एमालेका नेता सुन्दर कुर्मी,दुर्गा पूजा सेवा समितिका पदाधिकारी,सदस्य,स्थानीय समाजसेवी लगायतकोपनि सहभागीता रहेको थियो ।

Related posts

अझैपनि विभेद र अपमानसंग लड्दै मधेसका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय

MadhesKhabar

वीरगन्ज हेल्थ केयर हस्पिटलको सहयोगमा अपांगता भएका ४ जनालाई ह्वील चेयर वितरण

MadhesKhabar

कानु युथ वीरगन्जले कलैयाको भवानीपुरमा छोरीको विहेमा गर्‍यो खाद्यान्न सामग्री सहयोग

MadhesKhabar

Leave a Comment