Madhes Khabar
समाचार

मधेस : डिजे साउण्डसहितको रथ प्रहरीले नियन्त्रणमा लिएर भन्सारमा बुझायो

वीरगन्ज,३१भदौं : रौतहटमा प्रहरीले डिजे साउण्डसहितको रथ नियन्त्रणमा लिएको छ । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ६ स्थित सडकबाट प्रहरीले विहेमा बेहुला बोक्ने रथ,डिजे साउण्ड सिस्टम २ सेट ,एम्लिफायर १ थान, जेनेरेटेर १ थान र एलसिडी १ थान नियन्त्रणमा लिएको हो ।

भारतबाट तस्करी गरी नेपालमा बिक्री गर्ने उदेश्यले ल्याइएको ती सामान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।बी आर ३३ एफ नम्बरको बोलेरो गाडीको स्वरुप परिवर्तन गरि बनाइएको रथ र त्यसमा जडान गरिएको डिजे साउण्ड ,जेनेरेटेर लगायतका वस्तु भन्सार छलेर ल्याएको पाइएकाले नियन्त्रणमा लिइएको रौतहटकी प्रहरी नायब उपरक्षिक एलिजा गिरीले जानकारी दिइन् । रथका चालक भने रथ छाडेर फरार भएको उनले बताइन् ।

नियन्त्रणमा लिइएका रथसहितका सामान आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा आइतबार बुझाइएको जानकारी उनले दिइन् ।

Related posts

बारामा उत्पादित अवैध घरेलु मदिरा ट्रकमा ओसारेर वीरगन्जमा आपुर्ति

MadhesKhabar

वीरगन्जमा टाँगिएका चुनावी पोष्टर र ब्यानर तत्काल हटाउन निर्देशन

MadhesKhabar

बाराको सिम्रौनगढबाट ठूलो परिमाणमा लागू औषध बरामद,तस्कर फरार

MadhesKhabar

Leave a Comment