Madhes Khabar
समाचार

वीरगन्जमा टाँगिएका चुनावी पोष्टर र ब्यानर तत्काल हटाउन निर्देशन

क्रान्ति शाह
वीरगन्ज, २० बैशाख ः पर्सामा स्थानीय तह निर्वाचनमा आफनो प्रचार प्रसारका लागि दल र उम्मेदवारहरुले सार्वजनिक स्थलमा टाँगेका पोस्टर र ब्यानरहरु तत्काल हटाउन निर्वाचन कार्यालयले निर्देशन दिएको छ ।
पर्साका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक स्थलमा दल र उम्मेदवारले राखेका आफना प्रचार सामाग्री तत्काल नहटाइए सम्बन्धित दल र उम्मेदवारलाइ कार्वाही हुने चेतावनी दिएका छन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन निर्वाचन आयोगले गएको चैत २५ गते देखि नै निर्वाचन आचारसंहिता २०७८ लागू गरिसकेको छ ।
आचारसंहिता अनुसार सार्वजनिक भवन, सार्वजनिक पार्क, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह राख्न वा टाँस्न पाइने छैन । यस्तै कुनै पनि उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्न्ह, डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड पनि राख्न निषेध गरिएको छ ।
तर पर्सामा वीरगन्ज महानगर सहित १४ वटै पालिकाहरुमा दल र उम्मेदवारहरुले चोक , विद्युतका पोल , सार्वजनिक भवन , विद्यालय , क्याम्पस ,पार्क लगायतका सार्वजनिकस्थलमा आचारसंहिता मिचेर आ आफनो पोष्टर र ब्यानर टाँगेका छन् ।
दल र उम्मेदवारहरुले सार्वजनिक स्थलमा आचारसंहिता विपरित चुनावी प्रचारका सामाग्री राखेको मौखीक गुनासो आएको भन्दै प्रमुख निर्वाचन अधिकिृत पौडेलले ती सबै सामाग्री तत्काल हटाउन निर्देशन दिएका हुन् ।
पौडेलले भने ,‘ सम्बन्धित दल वा उम्मेदवारले सार्वजनिक स्थलबाट आफना प्रचार सामाग्री हटाएनन् भने हामी प्रहरी लगाएर पनि हटाउछौ र ती दल वा उम्मेदवारलाइ कार्वाहीका लागि निर्वाचन आयोगमा सिफारिस पनि गर्छा ।
मङगलवार मात्रै निर्वाचन आयोगले पत्रकार सम्मेलन गरेर चुनावी पोष्ट र ब्यानर टास्न निषेध गर्दै यदि कसैले पोष्टर र ब्यानर टासे १ लाख रुपैया जरीवाना तिराउने चेतावनी दिइसकेको छ ।
निर्वाचन आगोगका अनुसार , वैशाख ३० गते हुने निर्वाचनमा राजनीतिक दल वा कुनै पनि उम्मेदवारले आफनो चुनावी पोस्टर र ब्यानर टाँग्न वा टास्न पाउने छैनन् ।
चुनावी पोस्टर टाँस्ने वा ब्यानर टाँगे त्यो निर्वाचन आचारसंहिता विपरित हुने भन्दै आयोगले कसैले त्यसको उल्लंघन गरे उसलाइ १ लाख रुपैया जरीवाना तिराइने जनाएको हो ।
वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको भित्ता र त्यस छेउको प्रवेशद्वारमा विभिन्न दल र उम्मेदवारहरुले राखेका चुनावी प्रचारका ब्यानर र पोष्टरहरु ।

Related posts

मःम पसलमा ग्यास सिलिण्डर विस्फोट हुदाँ १४ जना घाइते

MadhesKhabar

वीरगन्जबाट जाँदै गरेकाे बसबाट ११ लाखकाे चाँदी बरामद

MadhesKhabar

लुटपाटमा संलग्न एकजना भारतीय हतियारसहित रौतहटबाट पक्राउ

MadhesKhabar

Leave a Comment