Madhes Khabar
राजनीति हेडलाइन

कांग्रेस नेतृ मिश्रा जनमत पार्टीमा प्रवेश

वीरगन्ज,३०साउनःनेपाली कांग्रेसकी नेतृ रम्भा मिश्रा जनमत पार्टीमा प्रवेश गरेकी छन् । बुधबार वीरगन्जको ओम पार्टी प्यालेसमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा मिश्रा, कांग्रेस परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेकी हुन् । जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले मिश्रालाई अबीर टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

झण्डै डेढ दशक देखि मधेसी दलमा आबद्ध भइ वीरगन्जमा सकृय राजनीति गर्दै आएकी रम्भा मिश्रा, २०७९ साल साउन १९ गते काँग्रेसमा प्रवेश गरेकी थिइन् ।त्यसबेला कांग्रेस केन्द्रिय सदस्य तथ हालका कानूनमन्त्री अजय चौरसियाकोे पहलमा काँग्रेस सभापति शेर बहादुर देउवाको हातबाट टिका र खादा लगाएर मिश्रा काँग्रेसमा प्रवेश गरेकी थिइन्् ।

लोसपाकी पूर्व नेतृ समेत रहेकी मिश्रा , २०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट वीरगन्ज महानगरपालिकाको उपमेयरमा चुनाव लडेकी थिइन् । त्यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उनि तत्कालीन राजपाबाट वीरगन्ज महानगरकै उपमेयरमा उम्मेदवार बनेकी थिइन् ।

Related posts

प्रधानमन्त्री प्रचण्डले दोश्रो पटक पनि पाए विश्वासको मत

MadhesKhabar

वीरगन्जमा आइपिएलकाे सट्टाबाजी खेलाउने गिराेह पक्राउ

MadhesKhabar

पर्सामा लागू औषधको सञ्जाल भत्काउँदै प्रहरी : फेरि ट्रकबाट ठूलो परिमाणमा चरेस बरामद

MadhesKhabar

Leave a Comment